सुकुम्वासीका लागि पक्की घर निर्माण

६ बर्ष अगाडि

चितवनको इच्छाकामना गाउँपालिकाले सुकुम्वासी परिवारका लागि पक्की घर निमार्ण गर्ने भएको छ । 

इच्छाकामना गाँउपालिका–७ भालुमारा सुन्दरबस्तीमा रहेका ४६ सुकुम्वासी परिवारका लागि गाउँपालिकाले पक्की घर निर्माण गर्न लागेको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बुधबार एक कार्यक्रमकाबीच सो घरको शिलान्यास गरे । 

सो अवसरमा अध्यक्ष गुरुङले वर्षौंदेखि चुहिने झुपडीमा बसेकाका लागि जग्गाको व्यवस्थासहित घर बनाइदिन लागेको बताए ।  
  
उनले शौचालय र खानेपानीको सुविधासहित घर निर्माण गरी  एकीकृत नमूना बस्ती बनाउन लागिएको उल्लेख गर्दै हरेक नागरिकको सुरक्षित आवासका लागि गाउँपालिकाले यो योजना अघि बढाएको बताए । 

 वडा नंं। ७ का वडाध्यक्ष बमबहादुर थापा ‘विजय’ ले यो बस्तीमा ४६ घरधुरीमध्ये ३५ परिवार चेपाङ समुदायका छन् भने अन्य दलित र तामाङ समुदायका रहेको जानकारी दिए । 

वर्षौंदेखि चुहिने झुपडीमा बस्दै आएका उनीहरु गाउँपालिकाले घर बनाइदिने भएपछि खुशी भएका छन् ।  
 

६ बर्ष अगाडि

प्रतिक्रिया