काठमाडौँ । अमेरिकाले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको छ । तर प्रतिबन्ध के–के मा रहनेभन्नेबारे खुलाइएको छैन । यसअघि पनि कतिपय मामिलामा इरानमाथि अमेरिकाले प्रतिबन्ध लगाउँदै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ इरानको विषयलाई लिएर सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । उनले इरानी हमलामा अमेरिकी सेनालाई केही पनि नभएको पनि बताए ।
इरानले इराकस्थित सैन्य बेसमा मिसाइल आक्रमण गरेपछि ट्रम्पले यो सम्बोधन गरेका हुन् ।
उनले भने, ‘केही सामान्य क्षति भयो। कोही हताहत भएनन्।’
उनले इरानी सैनिक कमान्डरलाई पहिले नै मारिनुपर्ने भन्दै ढिला गरी मार्नुपर्दा दुःख पनि व्यक्त गरे ।
गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर सैनिक कमान्डर कासिम सुलेमानी मारिएपछि इरान अमेरिकाबीच तनाव बढ्दो छ ।
प्रतिक्रिया