विद्युत् मर्मत गरेर फर्किएका कर्मचारी कुटिए

६ बर्ष अगाडि

विद्युत् लाइन मर्मत गरेर फर्किएका नेपाल विद्युत् प्राधिकरणका दुईजना कर्मचारी कुटिएका छन् ।

प्राधिकरणका अनुसार जोरपाटी बितरण केन्द्र को नोलाइट टोली माथी गए राती अन्दाजी १० बजेतिर मुलपानीको लक्ष्मीनारायण चोक नजिक कुटपीट भएको हो ।

आफूलाई सशस्त्र प्रहरी बताउने समूहले उनीहरुमाथि कुटपीट गरेको घाइते कर्मचारीले बताएका छन् ।

लाइन मर्मत गरेर फर्किने बेलामा रक्सी खएर बसेको सशस्त्र प्रहरी जनाउने केही व्यक्तिले कुटपिट गरेर घाइते बनाएको आरोप लगाएको छ । उनीहरु सशस्त्र प्रहरी हुन् कि होइनन भन्ने खुलेको छैन ।

घाइतेहरुको अर्थोपेडिक हस्पिटलमा उपचार भइरहेको छ । 

कुटपीटबाट सूर्य बहादुर  खत्रीको  हातको बुढी औंला भाँचिएको छ भने सुवास खड्काको मुखमा चोट लागेको छ ।

कुटपिटमा संलग्नलाई पक्राउ गरी महानगरीय प्रहरी वौद्धमा राखिएको छ ।

अप्रत्यासित रुपमा कर्मचारीमाथि आक्रमण भएको जोरपाटी बितरण केन्द्रका रामु पौडेलले जानकारी दिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया