मध्यपूर्वी राष्ट्र इरान तथा इराक र मेरिकाबीचकाे तनावका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य तथा आयात निर्यात प्रभावित भएपनि नेपाली बजारमा पनि त्यसले असर गर्ने धेरैको आशंका छ ।
तर मध्यपूर्वी तनावले नेपालमा इन्धन आयातमा कुनै प्रभाव नपर्ने नेपाल आयल निगमले जनाएको छ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नेपाल सानो क्रेता भएको कारण आयतमा कुनै असर नपर्ने जानकारी दिएका छन् ।
‘हामी प्रत्यक्ष रुपमा उताबाट किन्ने नभई प्रशोधन गरिएको ठाउँबाट किन्ने धेरै सानो क्रेता भएकोले सप्लाइमा कुनै असर पर्दैन’, आजको अर्थसँग कुरागर्दै उनले भने ।
तर कच्चा तेलको मूल्यमा ठूलो घटबढ भएमा भने त्यसको प्रभाव पर्न सक्ने उनको भनाई छ । अन्तराष्ट्रिय बजारमा तेलको मूल्य धेरै बढेमा केही प्रभाव पर्ने भएपनि नेपालको अवस्था हेरे निर्णय गरीने उनले बताए ।
‘तत्कालकै परिस्थितीमा त केही निर्णय गर्नुपर्ने अबस्था छैन, तर धेरे मूल्य बढ्यो भनेपनि हामीले तीन कुरा हेरेर निर्णय गर्छौँ,’ उनले भने, ‘पहिलो परियोजना लागत नबढोस, दोश्रो मुद्रा स्फिती नबढ्नु र तेश्रो आर्थिक बृद्धिमा असर नगरोस् ।’
प्रतिक्रिया