कारोबारको पहिलो दिनबाटै दोहोरो अंकले बढे्को नेप्से परिसूचक आज भने ओरालो लागेको छ ।
आज बुधबार कारोबार सुरु भएको केही समय मै ओरालो लागेको नेप्से नेप्से परिसूचक काराोबारको अन्तिम समय सम्म आईपुग्दा ७।३२ अंकले घटे्को छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.५० अङ्कले घटे्को छ । आज १२१७.७८ को बिन्दुबाट शुरु भएको कारोबार अन्तिम अवधीमा १२०९.६० बिन्दुमा पुगेर बन्द भएको हो ।
आज ११ बजे १२१७.७८ बिन्दुबाट शेयर कारोबार शुरु गरेको थियो भने ३ बजे सम्म आउँदा त्यो परीसुचक ०.६० प्रतिशतले घटे्को छ ।
त्यस्तै, आज कारोबारका लागी आएका १७२ कम्पनीका २१ लाख ८५ हजार ३ सय ९७ कित्ता शेयर किनबेच हुदाँ ७३ करोड बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबार भएको कुल १२ उपसमूहमध्ये ५ उपसमूह बढे्का छन् भने बाँकी ८ उपसमूह घटे्का छन् ।
प्रतिक्रिया