एजीएममा सीईओ शाहमाथि खनिए शेयरधनीः मेगा बैंक डुवाएकोलाई किन सीईओ बनाएको ?

६ बर्ष अगाडि

काठमाडौं – नेपाल बैकहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मध्ये अनिल केशरी शाह सेलीब्रटी सीईओ हो । उनी बैंकिङ क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा पनि निकै लोकप्रिय रहेका एक सफल बैंकर हुन् । 
उनी जुन बैंकमा सीईओ भएर काम गरे, त्यो बैंकले उच्च प्रतिफल कमाउँदै आएको छ । हाल उनी नविल बैंकका सीईओ हुन् । उनी सीईओ भएर आएपछि नविल बैंक उच्च लाभांश दिनेमा २ नम्बरमा छ । बैंकले यसपलाी ३४ प्रतिशत लाभांश दिएको छ । तर, नविल बैंकको मंगलबार मात्र सम्पन्न साधारणसभामा उनी माथि केही लगानीकर्ता खनिए ।
साधारणसभामा बैंकका केही शेयरधनीहरू बैंकको व्यवस्थापन र सञ्चालक प्रति नै विरोध जनाएको थिए । त्यस क्रममा एक शेयरधनीले सञ्चालक अध्यक्ष शुम्भु प्रसाद पौडेललाई प्रश्न गर्दै मेगा बैंक डुवाएको अनिल केशरी शाहलाई किन सीईओ बनाएको भनेर गर्जिएका थिए । तर शाहले यस बिषयमा कुनै प्रतिक्रिया जनाएनन् । 
साथै, बैंकले शेयरधनी सम्मान गर्दा पनि चाकडी गर्ने शेयरधनीलाई मात्रा सम्मान गरेको पुराना शेयरधनीहरुको भनाइ छ । एक शेयर धनीले भने, ‘हामी आईपीओ प्रक्रियादेखि नै आएका शेयरधनीलाई बैंकले सम्मान गरेको छैन । अरुको शेयर किनेर बसेका शेयरधनी  र  जसले बैंकको चाकडी गरेको छ, त्यसलाई मात्र बैंकले सम्मान गरेको छ ।’
तर, बैंकले चाकडीको आधारमा सम्मान नदिएको संज्ञा दिएको । बैंकले गत बर्षको साधारण सभामा केही शेयरधनीलाई सम्मान गरेको थियो । मंगलबारको सभामा गत बर्ष सम्मानित भएका एक शेयरधनीले भने, ‘बैंकका अध्यक्ष भन्दा तलको मान्छे म पनि होइन होला । म पनि एउटा स्टाटस भएको मान्छे हुँ, म कतै अध्यक्षको खुट्टा छुन जान्छु होला ।’
केही लगानीकर्ताले बैठक भत्ताको बिषयमा पनि विरोध जनाएका थिए । साथै, अध्यक्षले बोल्ने लिस्टबाट मेरो नाम काटिदिन्छु भनेर चेनावी दिएको एक लगानीकर्ताको बताए । ‘विहान ८ बजे नै मैले बोल्ने लिस्टमा नाम टिपाएको हो, तर अध्यक्ष ज्यूले नाम काटिदिने चेतावनी दिनुभयोे ।’ 
यी यस्तो विरोधबाट बीच मंगलबार नविल बैंकको साधारण सभा सम्पन्न भएको छ । सभाले १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरेर ३४ प्रतिशत लाभांश पारित गरेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया