काठमाडौं – अध्यागमन बिभागले पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई प्रतिव्यक्ति एक हजार जरिवाना गरेको छ । बिभागले अध्यागमन कसुर अनुसार उनीहरुलाई उक्त जरिवाना तिराएर देश निकाला पनि गर्ने भएको हो । ३४ जनालाई भने दुई हजार जरिवाना तिराइएको छ।
उनीहरू पर्यटन भिषामा नेपाल आएमा थिए । पयर्टन भिषामा आएर घुम्न मात्रा पाइन्छ । तर, उनीहरुले घर भाडामा लिएर बिभिन्न अपराधीक गतिविधि गर्दै आएको बताइन्छ । त्यसैले अध्यागमन कुसर अनुसार उनीहरुलाई जरिवाना सहित स्वदेश फिर्ता गर्न लागिएको हो । साथै, ४ बर्ष नेपाल आउन रोक लगाइएको छ ।
उनीहरुलाई लिन आज साँझ ५ बजे चिन देखि दुई चार्टड जहाज लिन आउँदै छन् । त्यसपछि ७ बजे दुई जहाज मार्फत उनीहरुलाई स्वदेश फिर्ता गरिने छ । नेपाल स्थित चिनियाँ दुतावासले उनीहरुलाई स्देश फिर्ता लैजाने व्यवस्थापन गरेको बिभागको भनाइ छ ।
चाइना साउदर्न र चाइना इस्टर्नका दुई जहाज नेपाल आउन लागेका हुन् । चाइना साउदर्नमा ८० जना र चाइना इस्टर्नमा ४२ जनाको टोली बनाएर उनीहरुलाई फिर्ता पठाइदै छ।
चाइना इस्टर्न साँझ ७ः१५ बजे र चाइना साउदर्नमा ७ः४५ बजे नेपालदेखि उड्ने छ ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले पनि प्रतिव्यक्ति एक जहार जरिवाना तिराएको थियो । महानगरिय प्रहरी परिसर टेकुले उनीहरु माथि अभद्र व्यवहारको मुद्दा अगाडि बढाएको थियो ।
नेपालमा बसेर बिभिन्न प्रविधि मार्फत चीनमा अपराधीक क्रियाकलाप गरेको भनी चिनियाँ इन्टरपोलको सुचनाको आधारमा नै नेपाल प्रहरीले गत पुस ७ गते उनीहरुलाई पक्राउ गरेको थियो । महानगरिय प्रहरी परिसर र केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) को संयुक्त अपरेशन काठमाडौंका बिभिन्न ठाउँबाट उनीहरु पक्राउ परेका थिए । उक्त अपरेशनमा चिनियाँ पक्षको पनि सहयोग छ ।
प्रहरीले उनीबाट ठुलो संख्यामा ल्यापटप मोवाइल लगायतका सामग्री बरामद गरेको थियो ।
हाल उनीहरु प्रहरीको नियन्त्रणमा रहेका छन् । प्रहरीले साँझ ५ बजे काठमाडौं स्थितर त्रिभुवन अन्तरराष्ट्रिय बिमान स्थलसम्म पु¥याउने छन् ।
प्रतिक्रिया