काठमाडौं – आज बुधबार कारोबार सुरु भएको पहिलो घण्टाको अवधीमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४.५७ अंकले बढे्को छ । आज १२१७.७८ विन्दुबाट कारोबार सुरु भएको थियो । १२ बजेसम्म आउदा त्यो परिसुचक ०.३८ प्रतिशतले बढेर १२२१.४९ विन्दुमा पुगेको छ ।
यद्यपि, यस बीचमा भने नेप्से घटेर १२०७.४४ विन्दु सम्म झरेको थियो । जसअनुसार उताव चढावका बीच बजार बढेको देखिन्छ ।
हालसम्म १९ करोड ६३ लाखको शेयर कारोबार भएको छ । कित्ताका आधारमा ४ लाख ८५ हजार ०७३ कित्ताको कारोबार भएका छन् । नेप्सेका अनुसार १४५ कम्पनीको २५०० पटक शेयर कारोबार भएको छ ।
प्रतिक्रिया