डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ ।
संस्थाले लाभांश प्रस्ताव पारितसगैँ अन्य विषयमा छलफल गर्न उक्त सभा बोलाएको हो ।
यस अघि संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
संस्थाको साधारण सभामा रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन, र्जर तथा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षकको नियुक्त गर्ने प्रस्ताव लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
संस्थाले यही माघ २६ गते भरतपुर गार्डेन रिर्सोट, भरतपुरमा बिहान ११ बजे आफ्नो अठारौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
हाल ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरण पश्चात पूँजी एक अर्ब ५४ लाख ३३ हजार ५७३ रुपैयाँ कायम पुग्नेछ ।
प्रतिक्रिया