किसान विद्रोहका योद्धा चौधरीलाई घर बनाउन बल्ल दाता भेटिए

६ बर्ष अगाडि

झापाका तत्कालीन किसान विद्रोहका अग्रणी नेता टङ्कप्रसाद चौधरीलाई घर निर्माण गर्न स्थानीय समाजसेवी भक्तिप्रसाद तिवारीले जग्गा प्रदान गरेका छन् ।

विसं २०२८ मा झापामा भएको किसान विद्रोहका क्रममा उनले नौ वर्ष तीन महिना कठोर जेल जीवन बिताएका थिए । ७० वर्षीय चौधरी आफन्तमा बस्दै आएका छन् ।  बिर्तामोड नगरपालिकाले चौधरीका लागि घर निर्माण गरिदिनेभएपछि तिवारीले  साढे पाँच धुर जग्गा निःशुल्क उपलब्ध गराएका हुन।  

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले किसान विद्राहका नेता चौधरीलाई नगरपालिकाले निःशुल्क आवास  बनाइदिने  जानकारी दिए । नगरपालिकाद्वारा मंगलबार  आयोजित कार्यक्रममा नगरप्रमुख शिवाकोटीले चौधरीलाई पुर्जा हस्तान्तरण गरे।

कार्यक्रममा समाजसेवी तिवारीले आफूले राजनीतिक योद्धालाई सहयोग गर्न पाउँदा खुशी लागेको उल्लेख गरे ।  चालू आर्थिक वर्षमा बिर्तामोड नगरपालिकाले २०० गरीब तथा विपन्नलाई आवास निर्माण गर्नेसमेत जनाएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया