आज एकै साथ ४ कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएका छन् ।
कम्पनीहरुले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश वितरण गर्न उक्त सभा बोलाएका हुन ।
आज साधारण सभा गर्ने कम्पनीहरुमा एभरेष्ट बैंक, आरएमडिसी लघुवित्त, अरुण भ्याली हाइड्रोपावर र नेपाल ल्यूब आयल रहेका छन् ।
एभरेष्ट बैंकले शेयरधनीहरुलाई प्रस्ताव गरेको ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २० प्रतिशत नगद लाभांश पारित सगैँ अन्य प्रस्ताव पारित गर्न आज साधारण सभा बोलाएको छ ।
बैंकको साधारण सभा लैनचौर ब्यांक्वेट, लैनचौरमा बिहान ११ बजे शुरु हुनेछ। त्यस्तै, आरएमडिसी लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२।५० प्रतिशत बराबरको बोनस शेयर र १२।५० प्रतिशत बराबरकै नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्दैछ ।
लाभांश प्रस्ताव सगैँ अन्य विषयमा छलफल गर्न संस्थाले आज बिहान ११ बजे अमृतभोग पार्टी प्यालेस, कालिकास्थान, डिल्लीबजारमा २१ औं वार्षिक साधारण सभा बोलाएको छ। त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीले ७।३७ प्रतिशत लाभांश प्रस्ताव पारित सगैँ अन्य विषय बारे छलफल गर्न आज ईन्द्रेणी फूडल्याण्ड, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट आफ्ना वार्षिक साधारण सभा बोलाएको छ ।
त्यस्तै, नेपाल ल्यूब आयल कम्पनीले ३० प्रतिशत नगद लाभांश वितरण सगैँ अन्य प्रस्ताव बारे छलफल गर्न याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे २८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया