गाडीमा गीत बजाउन रोक, सजावट गर्न पनि नपाइने

६ बर्ष अगाडि

गीत बजाएका कारण दुर्घटना बढेको भन्दै सरकारले सार्वजनिक यातायातका साधनमा गीत बजाउन प्रतिबन्ध लगाएको छ । 

यातायात व्यवस्था विभागले सवारीसाधनको क्याविनमा म्युजिक सिस्टम नराख्न निर्देशन दिएको हो । 

गीतका कारण दुर्घटना बढेकोले म्युजिक सिस्टम हटाउन निर्देशन दिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । 

उनका अनुसार गाडीको अगाडिको सिसामा सजाइएका झल्लर, लेस लगायतका सजावटका सामग्री पनि हटाउनुपर्ने छ । 

यसअघि नै विभागले गाडीमा लेखेका साहित्य, फोटो र स्टिकरहरु पनि हटाउन निर्देशन दिएको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया