पैसा नभएर पढ्न नपाएका नगरभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई ९१ विद्यार्थीलाई भक्तपुर नगरपालिकाले शैक्षिक ऋण दिने भएको छ ।
उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम बनाएको नगरपालिकाले जनाएको छ ।
विद्यार्थीले स्नातक, स्नातकोत्तर, एमफिल, पीएडी गर्नका लागि ६ प्रतिशत व्याजदरमा ५ लाख रुपैयाँसम्म ऋण पाउनेछन् ।
सो नगरपालिकाले गत आर्थिक वर्षमा पनि ३७ जना विद्यार्थीलाई शैक्षिक ऋण दिएको थियो ।
नगरपालिकाका अनुसार सो ऋण वापतको रकम विद्यार्थीको हातमा नदिई सम्बधित शैक्षिक संस्थामा तिरिने छ ।
लिएको ऋण सम्बधित विषयको पढाइ पूरा गरेपछि हरेक वर्ष २५ प्रतिशतका दरले ४ बर्षभित्र भने तिरिसक्नुपर्ने व्यवस्था छ ।
तोकिएको समयभित्र विद्यार्थीहरुले रकम फिर्ता नगरे नगरपालिकाबाट दिइने सेवा सुविधामा रोक लगाइनेछ भने रकम अभिभावकबाट असुल गरिनेछ ।
प्रतिक्रिया