सरकारले चीनलाई बीर अस्पताल बनाइदिन अनुरोध गर्ने

६ बर्ष अगाडि

सरकाले भक्तपुरको दुवाकोटमा बीर अस्पताल निर्माण गरिदिन चीन सरकारलाई पत्राचार गर्ने भएको छ । 

चीनले अस्पतालको भवन बनाइदिने इच्छा व्यक्त गरेकोले निर्माणका लागि पत्राचार गर्ने तयारी गरेको अर्थ मन्त्रालयले जनाएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सहित अर्थमन्त्रालयमा बसेको बैठकले चीन सरकारलाई पत्राचार गर्ने निर्णय गरेको हो । 

सरकारले २०७२ सालमा बीर अस्पताललाई शहरको कोलाहलबाट टाढा राख्नका लागि भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको थियो । 

सोही निर्णय अनुसार चाँगुनारायण नगरपालिका २ र ४ मा पर्ने ५७० रोपनी समेत निश्चित भइसकेको छ ।  

चीनले अस्पत्ताल आफूले निर्माण गरीदिने इच्छा जाहेर गरेपनि सडक , खानेपानी, ढल निकास र वस्ती  व्यवस्थापन सरकारले गर्नुपर्ने भनेको थियो । 

चीनको सोही शर्त अनुसार अब अस्पत्ताल निर्माणका लागि पत्राचार गरीने छ । 

बैठकमा स्वास्थ्य राज्यमन्त्री नवराज रावत, भक्तपुरका सांसद महेश बस्नेत, बीर अस्पताका भीसी डा. डीएन शाह लगायत सहभागी थिए । 

सरकारले चालू आर्थिक वर्षमा अस्पतालका लागि बिनियोजन गरेको ४० करोड रुपैयाँबाट खानेपानी, विद्युत, ढललगायतको पूर्वाधार निर्माण गर्ने समेत बैठकले निर्णय गरेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया