आज मंगलबार पुन: नेपाल स्टक एक्सचेन्ज दोहोरो अंकले बढे्को छ ।
यस साताको पहिलो कारोबारको दिन बाटै दोहोरो अंकले बृद्धि भएको परिसूचकले आज तेस्रो दिन पनि बढ्ने क्रमलाई निरन्तरता दिएको छ ।
आज कारोबार सुरु भएको केही समय मै उकालो यात्रा तय गरेको नेप्से परिसूचक अन्तिम समय सम्म आईपुग्दा १६.२३ अंकले बढे्को छ ।
यस्तै सेन्सेटिभ परिसूचक ४.१३ अङ्कले बढेर २६४.८१ को बिन्दुमा पुगेको छ ।
आज १२००.६६ को बिन्दुबाट शुरु भएको कारोबार अन्तिम अवधीमा १२१६.९२ बिन्दुमा पुगेर बन्द भएको हो ।
आज ११ बजे १२००.६६ बिन्दुबाट शेयर कारोबार शुरु गरेको थियो भने ३ बजे सम्म आउँदा त्यो परीसुचक १.३५ प्रतिशतले बढेको छ।
त्यस्तै आज कारोबारका लागी आएका १७९ कम्पनीका ३८ लाख ८० हजार ९ सय ५० कित्त शेयर किनबेच हुदाँ १ अर्ब १० करोड २७ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै आज कारोबार भएको कुल १२ उपसमूहमध्ये होटल र उत्पादनमात्र ओरालो लागेका छन् भने बाँकी १० उपसमूह बढे्का छन् ।
प्रतिक्रिया