निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले चार किस्तामा पुँजीगत लाभकर तिरिसक्ने भएको छ ।
चारपटकको किस्तामा कर तिरिसक्ने निवेदन दिएको ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले बताए ।
उनका अनुसार प्रत्येक महिनाको मसान्तमा कर बुझाउने प्रतिबद्धतासहितको निवेदन एनसेलले पेश गरेको छ ।
यसबारेमा निर्णय गर्न भने बाँकी नै रहेको कार्यालयले जनाएको छ ।
२० प्रतिशत कर बुझाइसकेको एनसेलले १८ अर्ब २३ करोड रूपैयाँ तिर्ने जनाएको छ ।
आयकर ऐन २०५८ को दफा ११० ले करदातालाई किस्ताबन्दीको सुविधा माग गर्ने अधिकार दिएको छ।
प्रतिक्रिया