माइतीघरमा जुलुस गर्न राेक्ने, अष्ट्रेलियामा अनुमतिविना परेड खेल्ने ?

६ बर्ष अगाडि

पर्यटनमन्त्री योगेश भट्टराईले अष्ट्रेलियामा नेपाल भ्रमणवर्षको प्रचारात्मक  र्‍याली गर्न नरोकिएको भन्दै  सामाजिक सञ्जालमा लेखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले गल्ती ढाकछोप गरेको भन्दै उनको बिरोध गरेका छन् । 

अनुमति नलिइ अपेरा हाउस प्रवेश गर्न खोजेपछि सुरक्षा अधिकारीहरूले रोकेको भिडियो र फोटो हुँदाहुँदै पनि मन्त्रीले कमजोरी ढाकछोप गरेको भन्दै सामाजिक सञ्जालमा चर्को बिरोध भएको हो । 

मन्त्री भट्टराईले मौनजुुलुस गरेको र समाचार गलत भएको भन्दै फेसबुकमा खण्डन गरेका थिए । तर ल्युमिया नेपाली कम्युनिटीका अध्यक्ष प्रकाश हुमागाईँले सिड्नी सिटी काउन्सिलले जुलुस वा परेड गर्न अनुमति नै नदिएकोले परेड जुलुस गरेको भन्नु गलत भएको बताएका छन् । 

उनले ओपेरा हाउसका सुरक्षा अधिकारीहरूले मन्त्रीसहितका सहभागीलाई रोकेका फोेटो र भिडियो समेत हेर्न मन्त्रीलाई आग्रह गरेका छन् । 

‘दीपक खड्काले इतिवृतान्त वताउदापनि परेडमा सहभागिहरूलाई सुरक्षाकर्मीले रोकेको हैन भनेर सफ़ेद झुठ पेश नगरों है मन्त्रीज्यू । भिडियो फुटेज र फोटो हेरौँ त’ उनले लेखेका छन् । 

धेरै टिप्पणीकर्ताले अहिले अष्ट्रेलियाको जंगलमा लागेको आगोका कारण दुःखको समयमा बाजागाजासहितको कार्यक्रम अनुपयुक्त भएको र जुलुस बाहेक अर्को प्रचारको शैली नखोज्नु कमजोरी भएको धारणा राखेका छन् ।

आगलागीका कारण पीडामा रहेको देशमा जुलुस गर्न खोज्नु गलत भएको भन्दै हेमन्त गिरीले जुलुस बाहेक अरु प्रचारको विधि नदेख्नु नेपालीको गलत संस्कार भएको टिप्पणी गरेका छन् । ‘सडकमा जुलुस देखाएर पर्यटक आउने हुन  कि अरु आइडिया नआएको हो दिमागमा जुलुस बाहेक ?’ उनी लेख्छन् ‘प्रचारका अरु विधि उत्खनन गर्न सक्नुभएन ?’ 

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता नमराज पौडेलले पर्यटक भित्र्याउने योजना ठीक भएपनि देश रोइरहेको बेला  मन्त्री जस्तो व्यक्तिले जुलुस लिकाल्नु सभ्य नभएको टिप्पणी गरे । 
कतिपयले दुःखमा परेको देशमा बाजागाजासहितको जुलुस निकाल्न खोजेर मन्त्रीले देशकै बेइज्जत गरेको समेत टिप्पणी गरेका छन् ।

एकजना टिप्पणीकर्ताले जुसुलको विषयमा सरकारले माइतिघर मण्डलामा जुलुस गर्न रोकेको कुरालाई समेत उदाहरण दिएका छन् । मन्त्री भट्टराईको स्टाटसमा कमेण्ट गर्दै किरण तिम्सेना भन्छन् । 

‘माइतीघर मण्डलामा अनुमतिविना जुलुस निकाल्न नदिने माननीय ज्यू अरुको आगनमा परेड खेल्न जादा अनुमती चाहिन्छ भन्ने हेक्का भएन?’ 

६ बर्ष अगाडि

प्रतिक्रिया