नबिल शाहले किन लिए मासिक ११ लाख तलब

६ बर्ष अगाडि

काठमाडौं । आफूलाई सेलीब्रेटी सिइयो बताउने अनिल शाहको मासिक तलब रु ११ लाख रहेको पाइएको छ ।

नबिल बैंकमा पछिल्लो दुईवर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत शाहले गत आर्थिक वर्षमा मासिक रु ११ लाख तलब बैंकबाट लिएको पाइएको छ ।

बैंकले प्रकाशित गरेको वार्षिक विवरण अनुसार शाहले गत आर्थिक वर्ष २०७५÷७६ मा रु १ करोड ३२ लाख तलब वापत बुझेका छन् ।

यस्तै रु ४९ लाख १२ हजार ९७२अन्य सुविधा अन्तर्गत बुझेको वार्षिक विवरणमा उल्लेख छ ।

बैंकले शाहको निवृत लाभको लागि रु १७ लाख खर्च गरेको छ । कुल रु १ करोड ९८ लाख शाहले तलब सुविधा लिएका छन् ।

नबिल बैंकको मंगलबार हुने साधारणसभाले २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर दिने निर्णय गर्दै छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया