७ बैंकले टेरेनन नियम कानूनलाई, साधारणसभा गर्न असफल

६ बर्ष अगाडि

काठमाडौं । लगानीकर्तालाई सधै मारमा पादैृ आएका केही बैंक तथा वित्तीय संस्थाले विधानमा नै भएको व्यवस्था एवम् विधि तथा नियमलाई समेत नमानेको पाइएको छ ।

विशेष गरी केही वाणिज्य बैंकले पुस मसान्तसम्म  साधारणसभा गर्न असफल भएका छन् । नेपाल स्टक एक्सचेन्ज, (नेप्से) मा सुचिकृत २७ वाणिज्य बैंक मध्ये १७ वटाले साधारणसभा गरिरसकेका भएपनि  ७ वटा बैंकले पुस मसान्त भित्रै साधारणसभा सम्पन्न गर्दै छन् । एनसीसी बैंक, हिमालयन बैंक र सेञ्चुरी कर्मसियल बैंकले अझै साधारणसभा आह्वान नै गरेका छैनन् ।

सेञ्चुरी बैंकले त लाभांश समेत घोषणा गर्न सकेको छैन । कम्पनी ऐनको दफा ७६ ले पब्लिक लिमिटेड कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिना भित्र वार्षिक साधारणसभा गर्नुपर्ने ब्यवस्था गरेको छ । तर नेप्से मै सुचिकृत ३ बैंक ऐनले तोकेको समयमा सभा गर्न अटेर गरेका छन् ।

एनसीसी बैंकको लाभाशं राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी नै रहेको बैंक सुपरीवेक्षण विभागले जनाएको छ । सोही कारण बैंकको साधारणसभा हुन ढिलाई भएको हो । बैंकले वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा ढिलो आवेदन दिएकोले प्रक्रिया ढिलो भएको हो ।

कम्पनी ऐनमा सूचीकृत कम्पनीले साधारणसभा बोलाउँदा कम्तिमा पनि २१ दिन अगाडी सूचना प्रकाशित गर्नुपर्ने प्रवधान छ । यस ब्यबस्था अनुसार साधारणसभा बोलाउन बाँकी रहेका ३ वटै बैंकले पुस मसान्त भित्रमा साधारणसभा गर्ने सम्भावना कम छ ।

पुस मसान्तसम्म साधारणसभा नगर्ने कम्पनी ए वर्गमा पर्न पाउने छैनन् । त्यस्तै समय मै साधारणसभा नगर्ने कम्पनीहरुमा संस्थागत सुशासन पनि कमजोर भएको मानिन्छ । तर उनीहरुले अटेर गरेर बसेका छन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया