मलेशियाली सरकारले सुचना प्रविधि कम्पनीमाथि नेपाली कामदारहरुसँग १८.५ मलेशियाली रिङ्गिट ठगेको आरोप

७ बर्ष अगाडि

मलेशियाली सरकारले सुचना प्रविधि कम्पनी बेस्टिनेटको कार्यक्रम निलम्बित गरेको छ । यस कम्पनीमाथि नेपाली कामदारहरुसँग १८.५ मलेशियाली रिङ्गिट ठगेको आरोप लागेको छ । 
यसका साथै मलेशियामा विदेशी कामदार भित्राउने तथा वितरण गर्ने सुव्यवस्थित प्रणाली गठन गर्नको लागि मलेशियाली सरकार नेपाली सरकारसँग सम्बादमा रहेको कुरा यससँग सम्बन्धित मन्त्रीले जानकारी दिएका छन् ।
हिजो पत्रकार सम्मेलनमा बोल्दै मानव संसाधन मन्त्री एम.कुलसेगरनले विवादका मुद्धाहरु समाधान र्गको लागि छिट्टै एमओयुमा हस्ताक्षर हुने बताए । 
“समस्या समाधानको लागि हामी उनीहरुसँग एमओयु बनाउने छौं । नेपाली पक्षले सैद्धान्तिक रुपमा एमओयुमा समहती जनाएको छ,” कुलसेगरनले भने । कुलसेगरनले विदेशी कामदारहरुको व्यवस्थापनबारेमा प्रधानमन्त्री महाथिर मोहम्मदको नेतृत्वमा हिजो बसेको एक विशेष समितिको बैठक पछि पत्रकार सम्मेलन गरेका थिए ।
कुलसेगरनले एमओयु स्वीकृतिको लागि क्याबिनेटमा ल्याइने बताए । 
“नेपाल मलेशियामा आफ्ना श्रमिकहरु पठाउन इच्छुक भए पनि दुभाग्र्यपूण रुपमा बीचमा भईरहेको शोषणको कारणले उनीहरुले कामदार पठाउन बन्द गर्नु प¥यो । त्यसैले क्याबिनेटले एमओयुमा सहमति दिनैपर्छ,” कुलसेगरनले भने ।

७ बर्ष अगाडि

प्रतिक्रिया