आज कारोबार सुरु भएको तिन घण्टाको अवधीमा नेप्से परिसुचक ८.३५ अंकले बढे्को छ ।
कारोबारको दोस्रो घण्टा दोहोरो अंकको उचाईमा रहेको नेप्से तेस्रो घण्टा भने केही अंकले ओरालो लागेको हो ।
आज १२००.६६ को बिन्दुबाट शुरु भएको कारोबार दुई घण्टाको अवधीमा १२०९.०४ बिन्दुमा पुगेको छ ।
आज ११ बजे १२००.६६ बिन्दुबाट शेयर कारोबार शुरु गरेको थियो भने १ बजे सम्म आउँदा त्यो परीसुचक ०.७० प्रतिशतले बढेको छ।
हाल सम्म कारोबारमा आएका १२ सुचक मध्य ९ सुचक बढेका छन भने ३ सुचक घटेको छ ।
यो अवस्था सम्म आईपुग्दा २९ लाख बराबरको शेयर किनबेच हुदाँ ८० करोड बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया