मोटरसाइकल दुर्घटनामा मृत्यु

६ बर्ष अगाडि

सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा सुनकोशी–३ कै ४५ वर्षीय शेरबहादुर मगरको निधन भएको छ। 

बा६५प ७४७३ नंको मोटरसाइकल सोमबार राति सडकबाट तल खस्दा उनको घटनास्थलमा नै मृत्यु भएको र अर्का एक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । 

घाइते सिस्नेरीकै कुमार भनिने काशीराम थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । मोटरसाइकल सडकबाट खोल्सामा खस्दा पछाडि बसेका थापा बीचमा नै अड्किएकाले सामान्य घाइते भएका हुन् ।

बल्खुबाट सिस्नेरी घरतर्फ फर्कदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ । राति दुर्घटना भए पनि बिहान मात्र स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मगरको शवपरीक्षण गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया