दुई घण्टा मै दोहोरो अंकले बढ्यो नेप्से, २१ लाख शेयर किनबेच

६ बर्ष अगाडि

साताको पहिलो दिनबाटै दोहोरो अंकले बढे्को नेप्से परिसूचकले बढ्ने क्रमलाई आज पनि निरन्तरता दिएको छ ।

आज कारोबार सुरु भएको दुई घण्टाको अवधीमा परिसुचक १६.९५ अंकले बढे्को छ । 

कारोबार शुरु भएको केहि समयबाटै उकालो  लागेको परीसुचक दोस्रो घण्टाको अन्तिम अवस्थामा आउदा १६ अंकको हाराहारीमा बढेको हो।  

आज १२००.६६  को बिन्दुबाट शुरु भएको कारोबार दुई घण्टाको अवधीमा १२१७.६४ बिन्दुमा पुगेको छ । 

आज ११ बजे  १२००.६६   बिन्दुबाट शेयर कारोबार शुरु गरेको थियो भने १बजे सम्म आउँदा त्यो परीसुचक १.४१  प्रतिशतले बढेको छ। 

हाल सम्म कारोबारमा आएका १२ सुचक मध्य ११ सुचक बढेका छन भने १सुचक घटेको छ । 
 
यो अवस्था सम्म आईपुग्दा २१ लाख बराबरको शेयर किनबेच हुदाँ ५६ करोड बराबरको कारोबार भएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया