काठमाडौं – मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१५ चौमतीस्थित सडकबाट प्रदेश नम्बर ३–०२–००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले तामाङले मोटरसाइकल चोरी गरी डोर्याएर ल्याई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया