इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड ले आजबाट नगद लाभांश शेयरधनीको हितकारी खातामा जम्मा गर्न थालेको छ ।
संस्थाले साधारण सभाबाट पारित गरेको ५ प्रतिशत नगद लाभांश अभौतिक रुपमा कायम शेयरधनीहरुको बैंक खातामा पठाउन थालेको हो ।
गत पुस १८ गते सम्पन्नन संस्थाको तेस्रो वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर र सोको कर प्रयाजनार्थ सहित ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
कम्पनीमा हाल चुक्त्ता पुजीको २० करोड ७४ लाख रहेकोमा १० प्रतिशत बोनस शेयर पश्चात लघुवित्तको चुक्त्ताँ पुजीको २२ करोड ८१ लाख पुग्नेछ।
प्रतिक्रिया