काठमाडौं – नेपालकै सबैभन्दा लामो हुने भनिएको झलुंगे पुलको निर्माण कार्यले तिव्रता पाएको छ । हाल पुलको लडो तान्ने काम भइरहेको बताइएको छ ।
नेपालमा झुलुंगे पुलको जिल्ला भनेर चिनिने बागलुङमा नै उक्त पुल बन्दै छ । बागलुङ र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदी माथि उक्त पुल बनीरहेकोछ । बागलुङ नगरपालिका १ देखि पर्वत जिल्लाको कुस्मा नगरपालिका १ अुवाबारीसम्म उक्त पुल हुनेछ ।
नेपालकै लाभो हुने भनिएको उक्त पुलको लम्बाई ५७६ मिटर लामो हुने छ । पुलको उचाई पनि अन्यन्त उच्च हुनेछ । उक्त पुल बनेपछि पर्वत जिल्लाका बासिन्दालाई बागलुङ बजार आउन सहज हुने भएको छ । पहिला अदुवाबारीका बासिन्दा बजार आउन कालिगण्डकी नदिमा झरेर आउनुपर्ने बाध्यता थियो । पुल बनेपछि त्यो बाध्यता हट्ने छ । त्यहाँका अधिकांश बासिन्दा खुद्रा किनमेलका लागि बागलुङ बजार नै आउने गर्छन । बागलुङ र पर्वतमा यस अघि पनि ३ वटा लामा लामा झुलुंगे पुल बनिसकेका छन् ।

प्रतिक्रिया