समताको हकप्रद शेयरमा आवदेन दिने आज अन्तिम दिन

६ बर्ष अगाडि

समता लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयरमा बोलपत्र आवदेन पेश गर्ने  आज अन्तिम दिन रहेको छ । 

संस्थाले बिक्रीमा ल्याएको हकप्रद शेयर मध्ये १ लाख ६१ हजार ७ सय ३८ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर पुस ११ गते देखि लिलामी मार्फत बिक्री खुला गरेको थियो ।

लघुवित्तले गत असोज २७ गते देखि मसिंर १ गते सम्म १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर  जारी गरेको थियो ।

लघुवित्तको लिलामी शेयरमा लगानीकर्ताले एनआइबिएल एस क्यापीटल तथा नेपाल इन्भेष्टमेन्ट बैंकको तोकिएका शाखा कार्यलय मार्फत आवेदन दिन सक्नेछन । यसका साथै ग्रीन डेभलपमेन्ट लिमीटेडबाट पनि आवेदन दिन सक्नेछन ।

६ करोड ६ लाख रुपैया चुत्ता पँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात १८ करोड २० लाख १६ हजार रुँपैया पुग्रनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया