सुर्खेतको वीरेन्द्रनगर बाट आगामी माघ ५ गतेबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरीने भएको छ ।
अनलाईन तथा सफ्टवेयर,ट्रायल परीक्षण सेन्टर निर्माण तथा जनशक्ति व्यवस्थापन लगाएतका कार्य अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिएका छन ।
सुर्खेत प्रदेशको राजधानी हुदाँ समेत सवारीचालक अनुमति पत्र लाइसेन्स लिन अन्य प्रदेश धाउनु पर्नै बाध्यता रहेकोमा अब लाइसेन्स वितरणका लागी यातायात व्यवस्था विभाग सँग समन्वय भइरहेको प्रजिअ अधिकारीले बताए ।
लाइसेन्सबिनै अटोरिक्सा चलाउने र चर्काै भाडा लिने गरेको गुनासो सुनिएका छन, उनले भने,त्यसैले व्यवस्थित गर्न लागेको बताए ।
उनले लाइसेन्स नभएका अटोचालक र लाइसेन्सबिनै अटोरिक्सा बेच्नेधनीलाई कानुनी दायरामा ल्याउने कार्यलयमा आयोजित पत्रकार भेटभाटमा अ्रजिअ अधिकारीले बताए ।
हाल वीरेन्द्रनगरमा एक हजार ९०० अटोरिक्सा मध्ये करीब ३०० सगँ मात्र लाइसेन्स छ ।
प्रतिक्रिया