अपाङ्गता परिचयपत्र बस्तीमै पुगेर वितरण

६ बर्ष अगाडि

धर्मदेवी नगरपालिकाले १५० अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।  

नगरपालिकाका उपप्रमुख शोभा घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई  सहजहुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गरिएको जानकारी दिए । नगरपालिकाले आफूहरुलाई पायक पर्ने स्थानमा शिविर सञ्चालन गरेर परिचयपत्र दिँदा औधि खुशी भएको फरक क्षमता भएका व्यक्तिहरुले बताएका छन् । 

कर्यविधि बनाई परिचयपत्र वितरण गरिएको नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिए । उनका अनुसार फरक क्षमता भएका व्यक्तिलाई अपाङ्गताका आधारमा चार किसिमको परिचयपत्र वितरण गरिएको थियो । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया