अन्तरराष्ट्रिय शेयर बजारमा रातो, नेपाली शेयर बजारमा हरियोः कसरी ?

६ बर्ष अगाडि

काठमाडौं – हाल अन्तरराष्ट्रिय शेयर बजारमा रातो अर्थात ह्रास आइरहेको छ । तर, नेपाली शेयर बजार भने निरन्तर बढ्दै गएको छ ।
सोमवार नेपाली शेयर बजार अर्थात नेपाल स्टक एक्सचेन्ज १.५४ प्रतिशत अर्थात् १८.२६ विन्दुले बढेर १२०० विन्दु भन्दा माथि पुगेको छ । सोमबार ११८३.४२ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो । 
तर, सोमबार अन्तरराष्ट्रिय बजार भने त्यसको ठिक उल्टो अर्थात घट्न पुगेको छ । सोमवार विश्वका ४७ देशको शेयर देखाउने एमएससीआईको बृहत परिसचूक ०.४३ प्रतिशतले घटेको सञ्चार माध्यमहरुले जनाएका छन्, योसँगै उक्त परिसचूकमा नयाँ वर्षमा भएको सबै वृद्धि गुमेको बताइएको छ ।
अन्तरराष्ट्रिय समाचार माध्यमका अनुसार जापानमा निक्केई परिसूचक करीब २ प्रतिशतले घटेको छ । चीनको शेयर बजा ०.१ प्रतिशतले घटेको बताइएको छ । यसैगरि सोमबार भारत, दक्षिण कोरिया, हङकङ, ताइवान, इन्डोनेशिया, सिंगापुर लगायत एशिया मुलुकका सबै परिसूचक रातोमै आएर बन्द भएको देखिन्छ । 
यस्तै, यूरोपका सबै मुलुकका प्रमुख शेयर बजारमा ह्रास आएको छ । बेलायतको फुट्सी पनि १.०१ प्रतिशतले घटेको छ । यस्तै, जर्मनको डीएएक्स १.६८ र प्रान्सको क्याक फोर्टी १.१७ प्रतिशतले घटको छ ।
अमेरिकाले इरानको बरिष्ठ शैन्य अधिकारी हत्या गरेपछि दुई देशबीचको तनाव बढ्दो छ । इरानले अमेरिकी नागरिक वा सम्पत्ति माथि कुनै पनि किसिमको हमला गरे त्यसको कडा प्रतिकार गर्ने अमेरिकी राष्ट्रपतिको चेतावनी छ । तर, पनि इरानले आणविक गतिविधि बढाउने तयारी पनि गरीरहेको छ । यी यस्ता कारण दुई देश बीचको तनाव बढ्दो छ । 
साथै, अमेरिका र चीन बीचको व्यापारयुद्ध पनि अझै शाम्य हुन सकेको छैन । यस्ता बिषयहरुले विश्व आर्थिक क्षेत्रमा संकट आउने सम्भावना देखिएको छ । र, त्यसको असर सिधैं शेयर बजारमा परेको छ । साथै, शेयर लगानीकर्ताहरुले लगानी सुरक्षित गर्न सुन किने होलड गर्न लागेको छन् ।
यी यस्ता कारणले विश्व बजारमा ह्रास आइरहेको छ । तर, सोमबार नेपाली शेयर बजार भने उच्च मात्रा बढ्यो । खासगरि पुस मसान्तको प्रभावले नेपाली शेयर बजार बढेको हो । पुस मसान्तसम्म नेप्सेमा सुचीकृत कम्पनीले साधारण सभा गर्नुपर्ने हुन्छ । पुस २९ गते मात्रा २५ कम्पनीले साधारणसभा गरेर लाभांश बाड्दै छन् । जसअनुसार साधारणसभा पछि लाभांश पाउने पक्का भएपछि शेयर बजार बढेको हो ।

साथै, लगानीकर्ताहरूले हालका अर्थमन्त्री डा. युवराज खतिवडालाई रूचाएका छैनन् । उनी अर्थमन्त्री भएर आएपछि नेपाली शेयर बजार माथि जान सकेको छैन । अर्थमन्त्री खतिवडा राष्ट्रिय सभाका सदस्य हुन् । गोलापर्था मार्फत उनीको कार्यकाल दुई बर्ष परेको थियो, जसअनुसार उनको कार्यकाल फागुन २० गते सकिदै छ । तर, उनी मन्त्रीबाट हट्ने वा भइरहने बिषयमा कुनै निर्णय भएको छैन । तर, ठुला लगानीकर्ताले अर्थमन्त्री हट्ने हल्ला चलाएर बजारमा चलखेल गरेका छन् । जसको फलस्वरुप बजार बढेको जानकारहरु बताउछन् । 
उनी प्रधानमन्त्री निकट छन् । उनी फेरी पनि राष्ट्रिय सभामा मनोनित हुन सक्छन् । साथै, मन्त्री भएको ६ महिना भित्र सांसद हुनुपर्ने सांसद हुनुपर्ने व्यवस्था छ । जसअनुसार उनी सांसद नै नभएपछि मन्त्रीमा पुनः नियुुक्ती भएर ६–६ महिनामा नयाँ मन्त्रीको रुपमा शपथ लिन सक्छन् । यसरी खतिवडा अर्थमन्त्री भइरहन थुप्र आधारहरु छन् । तर, ठुला लगानीकर्ताले मन्त्री हट्ने हल्ला चलाएका छन् । र, हाम्रो जस्तो मनोविज्ञानमा लगानी गर्ने लगानीकर्ताले हौसिएर बजारमा लगानी बढाएका छन् । जसको फलस्वरुप अहिले बजार बढेको हो । र, यसको फाइदा भने अप्रत्यक्ष ठुला लगानीकर्तालाई नै पर्ने छ र साना लगानीकर्ता समस्यामा पर्ने देखिन्छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया