नेपाल सरकारले धितोपत्र बोर्डको अध्यक्ष पदमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ ।
बोर्डका विज्ञ सदस्य समेत रहेका ढुंगानालाई हिजो सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अध्यक्ष पदमा नियुक्त गरेको हो ।यससगैँ बिगत ३ महिना देखी नेतृत्वविहिन रहेको बोर्डले नयाँ नेतृत्व पाएका छ ।
निवर्तमान अध्यक्ष डा। रेवत कुमार कार्कीले गत असोजमा अवकाश पाएसगैँ बोर्डको दैनिक कार्य सञ्चालनका लागि अर्थ मन्त्रालयले कार्यकारी निर्देशक परिष्ठनाथ पौडेललाई जिम्मेवारी दिएको थियो ।
त्यससगैँ मन्त्रालयले बोर्डको अध्यक्ष नियुक्त गर्न राष्टिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको संयोजकत्वमा अर्थ मन्त्रालयका राजेश्व सचिव शिशिरकुमार ढुङगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य सहितको तीन सदस्यीय समिति गठन गरेको थियो ।
यस पश्चात समितिले आबेदन खुला गरि इच्छुक उमेद्वारलाई दरखास्त आह्वान गरेको थियो । केही दिन अघि मात्र समितिले दरखास्त दिए मध्यबाट भीष्मराज ढुंगाना, नीरज गिरी र डा। केशव प्रसाद श्रेष्ठको अन्तिम नामावाली अर्थ मन्त्रालय समक्ष पेश गरेको थियो ।
त्यससगैँ हिजो बसेको मन्त्रीपरिषद्को बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
हाल धितोपत्र बोर्डका विज्ञ सदस्य रहेका ढुंगाना यस अघि यस अघीनै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भईसकेका हुन । उनलाई भदौको पहिलो साता
अर्थमन्त्री खतिवडाले बोर्डको विज्ञ सदस्यमा नियुक्त गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निकट मानिने उनलाई मन्त्री खतिवडाले अध्यक्ष बनाउन बिज्ञ सदस्य बनाएर भित्र्याएको श्रोतले बताँउदै आएको थियो ।
प्रतिक्रिया