सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य नारायण प्रसाद शर्मा ‘कमलप्रसाद’ को नेतृत्वमा एमसीसी खारेजी अभियान गठन भएको छ ।
एमसीसी खारेजीका लागि राजनीतिक पार्टी, नागरिक समाज, बुद्धिजिवी, पत्रकार, लेखक, साहित्यकार, संस्कृतिकर्मीहरुको बृहत् भेलाले १७ सदस्यीय एमसीसी खारेज अभियान गठन गरेको हो ।
अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक रणनीतिअन्तरगतको मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताका विरुद्ध भएको उक्त अभियानको ठहर छ ।
नेपाल सरकारले गरेको सो सम्झौता संसदबाट अनुमोदनका लागि २०७५ माघ २५ गते प्रस्ताव दर्तासमेत गरिसकेको छ ।
एमसीसी देख्दा पूर्वाधार विकाससँग सम्बन्धितजस्तो देखिए पनि सारतः यो नेपाल, चीन र भारतविरुद्ध लक्षित रहेको भन्दै अभियानले यो सम्झदारी तथा प्रस्तावले नेपाललाई अमेरिकी साम्राज्यवादको नवऔपनिवेशिक राष्ट्र बनाउने निश्चित भएको ठहर गरेको छ ।
देउबा नेतृत्वको सरकारले सम्झौता गरी राष्ट्रघात गरेको र उक्त राष्ट्रघातलाई नेकपा नेतृत्वको सरकारले खारेज गर्नुको सट्टा उल्टै आत्मसात् गर्दै कार्यान्वयन गर्न अगाडि बढाउनु देशद्रोही कार्य भएको अभियानको आरोप छ ।
प्रतिक्रिया