सामुदायिक वनमा पस्योे अख्तियार

६ बर्ष अगाडि

कैलालीको सिद्धनाथ सामुदायिक बनका अध्यक्ष कुवेर थापा र उपाध्क्ष मोहनबहादुर सिंहलाई आफ्नै कार्यालयबाट १ लाख ६० हजार घुससहित पक्राउ गरेको छ । 

धनगढी उपमहानगरपालिका–१२ मा रहेको सामुदायिक वन क्षेत्रबाट माटो झिक्न प्रयोग भएका डोजर र ट्याक्टर छाड्ने क्रममा सेवाग्राहीसँग सो रकम लिँदै गरेको अवस्थामा दुबै जना पक्राउ परेका हुन् ।

कानीखोला पुल नजिकबाट माटो झिकिरहेको अवस्थामा सामुदायिक वनले डोजर र ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

उक्त डोजर र ट्याक्टर छाड्नका लागि घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिइएको टोलीले थापा र सिंहलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सामुदायिक वन उपभोक्ता समुहको कार्यालयबाट उक्त रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया