वुल्भसका स्टार खेलाडी अडामा ट्राओरेप्रति बार्सिलोना,लिभरपुल तथा म्यानचेस्टर सिटीले चासो देखाएको बताइएको छ ।
प्रिमियर लिगमा वुल्भ यस सिजन सातौँ स्थानमा रहेको छ । उल्भसको सफलतामा अडामाको महत्वपुर्ण योगदान रहेको छ । उनले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
अहिले उनलाई अनुबन्धित गर्नका लागि युरोपका ठुला क्लबहरुले इच्छा देखाएको बताइएको छ । उनले वुल्भसका लागि यस सिजन ४ गोल र ४ एसिस्ट गरेका छन् ।
वुल्भसले उनको मुल्य ७० मिलियन पाउन्ड तोकेको छ तर अनुबन्धित गर्न चाहने क्लबहरुले भने यसप्रति प्रतिकृया नदिएको बताइएको छ ।
प्रतिक्रिया