नक्कली भ्याट बिल बनाई साढे १५ करोडको ठग्ने ६ जना विरुद्ध राजश्वको मुद्दा, को को परे ?

६ बर्ष अगाडि

राजश्व अनुसन्धान विभागले  १५ करोड ५१ लाख रुपैयाँ बिगो बराबरको राजश्व छली गरेको आरोपमा ६ जनाविरुद्ध काठमाडौँ  जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाडौँको अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईंसमेत ४ जना र सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साहसहित २ जनाविरुद्ध राजश्व चुहावटमा मुद्दा चलाइएको हो ।

आरोपी चौलागाईं समूहले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरेको र साहले भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको आरोप छ ।

उनीहरुविरुद्ध १५ करोड ५१ लाख बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दाबी गरिएको छ ।

अग्रिम इन्टरप्राइजेज अर्थात् अग्रिम निर्माण सेवाले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेत गरी १२ करोड ८७ लाख रुपैयाँ बिगो बराबरको राजश्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।

 यस्तै सन्दीप ट्रेडिङमार्फत प्रमिलाकुमारी साहसहित २ जनाले २ करोड ६४ लाख बिगो बराबरको राजश्व चुहावट गरेको पाइएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया