चितवनको भरतपुरमा पाँचौँ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । माघ २४ देखि २८ गतेसम्म मेला आयोजना गर्न लागिएको आयोजक कम्प्युटर एसोसिएशन नेपाल चितवन शाखाले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
नारायणगढको लायन्सचोकस्थित पुरानो तरकारी बजारमा मेला आयोजना हुनेछ । ‘चितवनको समृद्धि, सूचना प्रविधि’ भन्ने नारासाथ हुने मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवयेर, साइबर सुरक्षासम्बन्धी सामग्री, मोबाइल, स्मार्ट टिभी, उच्च शिक्षासम्बन्धी सेवा प्रदान गर्ने र कलेज एवम् परामर्शदाताका ८१ कक्ष रहनेछन् ।
सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने युवा विद्यार्थीको प्रतिभा देखाउने र प्रोत्साहान गर्ने उद्देश्यले मेला आयोजना गरिएको क्यान चितवन शाखा अध्यक्ष सन्तोषजनक भुसालले जानकारी दिए । उनले सूचना प्रविधि, मनोरञ्जनको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्नाका साथै युवापुस्तालाई सक्षम, स्वावलम्बी र प्रविधिमैत्री जनशक्ति निर्माण गर्न मेलाले सहयोग पु¥याउने बताए । मेलामा पहिलोपटक ह्याकाथन आयोजना गरिने अध्यक्ष भुसालले जानकारी दिए। मेलामा आईटीसम्बन्धी अन्तरक्रिया, विभिन्न प्रतियोगिता, डिजिटल नेपाल प्रविधि प्रदर्शनी, जनचेतनामूलक कार्यक्रम तथा सेमिनार, रोबोटिक्स प्रदर्शनी, टोल विकास संस्थाका प्रतिनिधिहरुलाई आईटी सचेतना कार्यक्रम राखिएको छ ।
प्रतिक्रिया