दोलखाको उतरी क्षेत्रमा रहेको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने रोलवालिङ उपत्यकामा दुर्लभ हिउँचितुवा भएको पुष्टि भएको छ ।
आयोजनाले रोलवालिङ उपत्यकामा ०७६ असारदेखि क्यामेरा ट्रयापिङमार्फत गरेको अनुसन्धानबाट रोलवालिङ उपत्यकामा हिउँचितुवा भएको पुष्टि दभएको हो ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आइतवार सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गरी सोको जानकारी दिएको छ ।
आइतवार नै गौरीशंकर संरक्षण क्षेत्र सम्पर्क कार्यालयले गोरीशंकर संरक्षण क्षेत्र आयोजाना क्षेत्रभित्र रहेका वन्यजन्तु पिडितहरुलाई क्षतिपूर्ति प्रदान गरेको छ ।
पशु चौपायाहरुको क्षति भएको नौ जना पिडितहरुलाई सम्पर्क कार्यालयले २३ हजारदेखि पचास हजारसम्म क्ष्तिपूर्ति वितरण गरेको छ । पशुधनको क्षतिपुर्ति पाउनेहरुमा गौरीशंकर गाँउपालिका मेममाया तामाङ, आइतिमाया तामाङ, दिनेश खड्का, नेत्रबहादुर खड्का, अर्जुन बहादुर बुढाथोकि, साङ्विर तामाङ, टलकबहादुर तामाङ, वाइसेल तामाङ तथा विगू गाँउपालिकाका जितबहादुर तामाङ रहेका छन् ।
प्रतिक्रिया