आज सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबार शुरुभएको दुई घण्टामा १७.३ अंकले उकालो लागेको छ ।
कारोबार शुरु भएको केही समयबाटै उकालो लागेको परिसूचक दोस्रो घण्टाको अन्तिम अवस्थामा आउदाँ १७ अंकको हारहारीमा बढेको हो ।
आज ११८३.३६ को बिन्दुबाट शुरु भएको कारोबार दुई घण्टाको अवधीमा ११९९.९६ बिन्दुमा पुगेको छ ।
आज ११ बजे ११८३.३६ बिन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा परिसूचक १.४८ प्रतिशतले बढेको छ ।
अहिले सम्ममा कारोबारका आएका १२ कम्पनीको सूचक मध्ये ९ कम्पनीको सुचक बढे्को छ भने ३ कम्पनीको सुचक घटेको छ ।
प्रतिक्रिया