वोमी लघुवित्तले आफ्ना लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ ।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागी ६ प्रतिशत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
\संस्थाले प्रदान गर्न लागेको उक्त लाभांश राष्ट्र बैकंको स्वीकृती र आगामी साधारण सभाबाट अनुमोदन पश्चात मात्र लगानीकर्ताले पाउनेछन् ।
हाल २५ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाका बोनस वितरण पश्चात पूँजी ३० करोड ३० लाख रुपैयाँ हुनेछ ।
प्रतिक्रिया