आज गुहश्वरी मर्चेन्ट बैकिंङ्ग एण्ड फाइनान्स कम्पनीको लाभांश सुरक्षीत गर्नै अन्तिम दिन रहेको छ ।
गुहश्वरी मर्चेन्ट बैकिंङ्ग एण्ड फाइनान्स कम्पनीले लाभांश तथा साधारण सभा प्रायोजनका लागी पुस २२ गते बुक्कोलज गर्ने भएसगैँ आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन ।
यस अघि कम्पनीले गत आवको मुनाफा बाट ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ ।
त्यस्तै, मर्जर प्राप्ति तथा हकप्रद निष्काशन गर्ने विषेश प्रस्तावका साथ समृद्धी फाइनन्स कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीले पनि साधारण सभा प्रायोजनका लागी भोलीबाट बुकक्लोज गर्दैछ ।
प्रतिक्रिया