सहयोगी विकास बैंकमा अनियमितता, सिआईबीमा पर्यो उजुरी

७ बर्ष अगाडि

काठमाडौं– धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. ४ स्थित सहयोगी विकाश बैंकविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा उजुरी परेको छ । बैंकमा व्यापक अनियमियता भएको भन्दै बैंककै केहि अधिकारीले छानबिनको माग गर्दै सिआईबीमा उजुरी गरेका हुन् ।  
उजुरीमा केही संचालकले बैंकलाई लुटको अखाडा बनाएको तथा  बैंकमा कर्मचारी नियूक्ती गर्दा अनियमितता  गरेको,   सञ्चालक उदयकान्त झाले मनपरी मनपरी ढंगले  आफ्नै परिवार र स्टाफको नाममा शेयर खरिद गरेको, स्टाफबाट नै संचालकमा नियूक्ती गरेकोलगायत उल्लेख गरिएको छ । 

    संस्थापन शेयर खरिद गरेका डा. विकल घिमिरेका पिता डिल्ली प्रकाश घिमिरे संस्थापन शेयरधनीको प्रतिनिधीत्व गर्दै बैंकमा आउने गरेको र उनलाई अहिले साधारण शेयर तर्फका संचालकमा नियूक्ती गर्ने जस्ता गैरकानुनी काम भएको समेत उजुरीमा उल्लेख गरिएको छ । 

    यस्तै बैंकको जग्गा खरिद गर्ने काममा घोटाला  भएको पनि दाबी गरिएको छ । सो प्रकरणमा सञ्चालकमध्येका  एक रमेश सराफले विरोध जनाउँदा राजीनामा बाध्य पारिएको दाबी गरिएको छ । 

बैंकलाई घाटा हुने गरी गरिएको कारोबारबारे राष्ट्र बैंकमा निवेदन दिँदा राष्ट्र बैंक समेत मौन बनिदिएपछि सीआईबीमा छानबिनका लागि उजुरी दिन बाध्य भएको निवेदनमा उल्लेख छ   । 
    
    आठ वटा शाखा रहेको बैंकका  हरेक शाखा खोल्दा  जिन्सी खरीद (फर्निचर, कम्प्यूटर, एसी ) आदिमा ठुलो घोटाला भएको समेत दाबी गरिएको छ । 
 
बैंक घोटालाबारेमा परेको उक्त उजुरी उपर छानबिन भइरहेको सीआईबीले जनाएको छ । सीआईबी प्रमुख डिआईजी पुस्कर कार्कीले यस विषयमा  सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको रातोपाटीलाई बताए । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया