रामबाच्छा सिरेटारी खानेपानी निर्माण अगाडी वढ्यो

६ बर्ष अगाडि

स्याङ्जाको वालिङ– १ रामबाच्छामा रामबाच्छा सिरेटारी लिफ्टिङ खानेपानी योजनाको निर्माण अगाडि वढेको छ ।

शहरीकरणसँगै जनसङ्ख्याको चाप बढ्दै गएपछि शुद्ध खानेपानीको आपूर्तिका गर्न सङ्घीय सरकारको करिव रुपैया नौकरोडको आर्थिक सहयोगमा खानेपानी योजनाको शिलान्यास गरिएको खानेपानी योजनाका अध्यक्ष झलकनारायण काफ्लेले जानकारी दिए।

“बजारमा खानेपानीको समस्या समाधान गर्नका लागि अर्मादीखोलाको लुतिबुडी भन्ने स्थानबाट पानी तानेर थामडाँडामा पु¥याइनेछ”, उनले  भने, “थामडाँडामा फिल्टरजडित मुख्य खानेपानी ट्याङ्की निर्माण गरिनेछ भने अन्य दुई वटा ट्याङ्की निर्माण गरी वितरण गर्ने योजना छ ।”

निर्माण थालिएको योजना अबको दुई वर्षमा सक्ने लक्ष्य राखिएको छ । योजना सम्पन्नपश्चात वालिङ नगरपालिकाका रामबाच्छा, त्रियासी, खहरे लगायतका दुई हजार घरधुरी लाभान्वित हुने जनाइएको छ ।  

खोलाको सतहदेखि १५२ मिटर ठाडो उचाइमा लिफ्टिङ गरी थामडाँडामा निर्माण हुने ट्याङ्कीमा पानी सङ्कलन गरिने इञ्जिनीयर नवीन पौडेलले बताए।  उपभोक्तालाई शुद्ध, सफा र स्वच्छ खानेपानी घरघरमै पु¥याउने लक्ष्यका साथ थालिएको कार्यलाई तोकिएको समयमै निर्माण सम्पन्न गने स्थानीयवासीले जोड दिएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया