एकीकरण मार्ग पदयात्रा भ¥याङभुरुङमा

६ बर्ष अगाडि

एकीकरण मार्ग पदयात्रा कार्यक्रमअन्तर्गत देवीदत्त गण नेपाली सेनाले गोरखाबाट पुस १८ गते शुरु गरेको पदयात्रा आज बिहान नुवाकोट र धादिङको सिमाना भ¥याङभुरुङ  आइपुगेको छ । 

सो गणले जबरजङ्ग गणलाई पदयात्रा कार्यक्रम हस्तान्तरण गरेको छ । सो पदयात्रा सामरी, कल्याणपुर, देउडी, राइसिंगे, बगुवा बजार हुँदै शुभघाट पुग्नेछ । 

पृथ्वीनारायणकालीन सैन्य वस्त्र लगाएर हिँडेको सो पदयात्राका सहभागी सैनिकले बन्दूक र बाजा पनि बोकेका छन् । सोमबार बिहान साततले दरबार, बेलुका ककनी तथा मङ्गलबार काठमाडौँ र नुवाकोटको सिमाना ओखरपौवामा संसद् गणलाई पदयात्रा हस्तान्तरण हुने गणपति उदयबहादुर लामिछानेले बताए ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया