प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

६ बर्ष अगाडि

भक्तपुर – चाँगुनारायण नगरपालिका–२ दुवाकोट वारुदखानास्थित सडकबाट प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने मकवानपुर भिमफेदी गाउँपालिका–३ घर भई दुवाकोट बस्ने २९ वर्षीय उत्तम थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । 

सोही स्थानमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.३० प ८६८९ नम्बरको मोटरसाइकलमा सवार मगरलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको फेला पारी कागजपत्र माग्दा उक्त नगद दिन खोजे पश्चात नगद सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया