इन्फिनिटी लघुविक्त वित्तिय संस्थाले यस अघि प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।
संस्थाको पुस १८ गते बसेको साधारण सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १५ प्रतिशत लाभांश पारित गरेको हो ।
संस्थाको सञ्चालक समितिले यस अघि हाल कायम चुक्ता पुजी २० करोड ७४ लाख रुपैयाको १० प्रतिशत बोनश शेयर र कर प्रायोजनका लागी ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
बोनश शेयर वितरण पश्चात संस्थाले कायम चुक्ता पुजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ ।
प्रतिक्रिया