झापाका दुईवटा सडक कालोपत्र हुँदै

६ बर्ष अगाडि

झापाको धुलाबारी हुँदै ज्यामिरगढी–भद्रपुर सडकखण्ड र धुलाबारी–इरौँटार सडकखण्ड कालोपत्र हुने भएको छ ।

प्रदेश नं १ सरकारले धुलाबारी–भद्रपुर सडकखण्डका लागि रु २५ करोड ३२ लाख ८४ हजार ८२२ र धुलाबारी–इरौँटार सडकखण्डका लागि रु ४६ करोड २३ लाख ८२ हजार ९८३ बजेट विनियोजन गरेसँगै दुईवटा सडक कालोपत्र हुने भएका हुन् । 

 धुलाबारी–भद्रपुर सडकखण्ड हिम्डुङ्ग एन्ड थोकर सरोज जेभीले कालोपत्र गर्ने भएको छ । सो सडक २०७९ साल असार ३१ गतेसम्ममा निर्माणसम्पन्न गर्ने सहमति भएको छ । 

यसैगरी प्याकेज २ मा धुलाबारी–इरौँटार सडकखण्ड कालोपत्र हुनेछ ।  कन्काई झापाली जेभी विर्तामोडले निर्माणको जिम्मा लिएको सो सडक २०७९ साल असार ३१ ग्ते निर्माणसम्पन्न गर्ने सम्झौता भएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया