कृषि विकास बैंकको एक करोड बढी लुटने नेपाल पक्राउ

६ बर्ष अगाडि

काठमाडौँ । कृषि विकास बैंकको सुरक्षाप्रणाली ह्याक गरी १ करोड भन्दा बढी रकम लुटेर फरार भएका दीपक नेपाललाई प्रहरीले पक्राउ  गरेको छ ।

मोरङको रंगेली नगरपालिका २ स्थायी बसोबास भएका मोरंगको  रङ्गेली नगरपालिका–२ बस्ने नेपालले नाइजेरियन र भारतीयसँग मिलेर बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब बढी रुपैयाँ लुटपाट गर्ने योजना बनाएको खुलेको छ ।

ठूलो परिमाणको पैसा लुटने योजना अनुसार नै नेपालले दर्जन बढी नेपाली तथा विदेशी नागरिक नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंकको सुरक्षा प्रणाली ह्याक गरेका थिए ।

प्रहरीका अनुसार ४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको थियो । नेपाललाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा रहेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया