मुक्तिनाथ विकास बैंकले एकैसाथ १८ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको छ । बैंकले १४ औं वर्षमा प्रवेश गरेको अवसरमा सो कार्यक्रम गरेको हो ।
डिजिटल माध्यमबाट काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको बेसीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट, पाल्पाको रामपुर, दाङ्गको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी, झापाको काँकरभिट्टा, इलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमा बैंकका अध्यक्ष भरतराज ढकालले उद्घाटन गरेकाहुन् ।
यस्तै, उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न बित्तिय तथा गैर बित्तिय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले योगदान दिने प्रतिवद्धता व्यक्त गरे ।
बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गर्दै बार्षिकउत्सवको अवसरमा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, विद्यालयमा स्टेशनरीका सामाग्रीहरु तथा फर्निचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, चेपाङ्ग संरक्षण समितिलाई खाद्यान्न वितरण, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, तराईका शीत लहरबाट प्रभावित क्षेत्रहरुमा कम्बल वितरण, एम्बुलेन्सलाई आवश्यक मर्मतसम्भार, अस्पतालमा विरामी कुरुवा बस्ने कुर्सी सहयोग, बाग्मती सरसफाई, गोदावरी सरसफाइ तथा पोखरा उपत्यका सरसफाई अभियानका लागि आवश्यक पर्ने सामाग्रीहरु वितरण गरेको छ ।
यस्तै, काठमाडौको कमलादी, काभ्रेको बनेपा, धादिङ्गको धादिङ्ग बेशी, रुपन्देहीको बुटवल, धनुषाको जनकपुर र कास्कीको नदीपुर शाखा कार्यालयहरुमा वृहत रक्तदान कार्यक्रम गरेको बैंकका प्रमुख सूचना अधिकारी तीलबहादुर बहादुर गुरुङले जानकारी दिए ।
बैंकले ४२ जिल्लामा १ सय ३४ शाखा कायार्लय, मोबार्ईल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङ मार्फत सेवा दिदैं आइरहेको छ ।
प्रतिक्रिया