नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज महाकाली नदीमा निर्माणाधीन चार लेन पुलको स्थलगत अवलोकन गरेका छन ।
उनले पुल निरीक्षण गर्दै पुल निर्माणकार्य निर्धारित समयमा सकिनु पर्ने र यसलाई स्थानीयको आम्दानी तथा संस्कृतिसित जोडिनुपर्ने बताए ।
“यो महाकाली नदी हो, त्यसैले कालीमाता र शान्तिको सन्देश दिने गरी बुद्धको मूर्ति राख्न राम्रो हुन्छ” उनले भने ।
पुल निरीक्षणसँगै उहाँले महाकाली पुल जोड्ने छ लेन सडकसमेतको निरीक्षण गरेका हुन । सडक निर्माणले स्थानीय बासिन्दाको आयमा वृद्धि हुने उहाँले विश्वास व्यक्त गरे ।
नेता नेपालसँग पुल निरीक्षणमा नेकपा केन्द्रीय सदस्य रामकुमार ज्ञवाली, कञ्चनपुर क्षेत्र नं। ३ का साँसद डा दिपकप्रकाश भट्टसहित सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार, लालबहादुर खड्का, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, पूर्वमन्त्री उर्वादत्त पन्तलगायतका नेता सहभागी थिए ।
प्रतिक्रिया