गृहमन्त्री रामबहादुर थापा (बादल) ६ दिने चीन भ्रमणको क्रममा आज बेइजिङतर्फ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणमा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
भ्रमणको क्रममा चीननका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
मन्त्रीको टोलिले चीनको बेइजिङ, सांघाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
टोलिमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा लगायत सहभागी छन् । गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कनेछन् । नेपाल प्रहरीका डीआइजी सूर्यप्रसाद उपाध्याय पनि टोलिमा सहभागी छन् ।
प्रतिक्रिया